सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई–मधेश द्रूत मार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाउन माग गरेकी छन् ।
उनले भनिन्, ‘राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं तराइ–मधेश द्रूत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन् । प्रस्थान विन्दुको टुङ्गो लागेको छैन् । वर्षौदेखि स्थानीय नागरिक र निर्माण पक्ष नेपाली सेना पटक पटक विवाद हुने गरेको अवस्था छ । सरकार र सदन दुवैसँग अनुरोध गर्न चाहन्छु, राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली नेपालीबीच झडप हुने अवस्था बन्दै गएको छ । त्यहाँका नागरिकसँग समन्वय गरेर परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाइयोस ।’
यस्तै, उनले संसदको सचिवालयमा यही बैशाख १९ गते ध्यानाकर्षण प्रस्ताव दर्ता गरेपनि ११ दिन पुग्दापनि उक्त विषयले संसदमा प्रवेश नपाएको बताइन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा