सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै एनएमबि बैंक लिमिटेडको अगुवाइमा पाँच बैंक तथा वित्तीय संस्थाहरूले दोलखा जिल्लास्थित लाप्चे तामाकोशी जलविद्युत आयोजना (४२ मेगावाट) मा रु. ५ अर्ब २५ करोड बराबरको ऋण लगानी गर्न सहमति जनाएका छन्।
उक्त आयोजनाको आयोजक कम्पनी डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. हो। परियोजनाको कुल अनुमानित लागत रु. ७ अर्ब रहेको जनाइएको छ। परियोजनास्थल दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित छ। यस आयोजनामा एनएमबि बैंक लिमिटेड अगुवा बैंकको रूपमा रहनेछ भने अन्य सहभागी बैंकहरूमा नबिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. रहेका छन्।
यस आयोजनाले निर्माणपश्चात राष्ट्रिय प्रसारण लाइनमा महत्वपूर्ण मात्रामा विद्युत् प्रवाह गर्ने विश्वास गरिएको छ, जसले नेपालको ऊर्जा सुरक्षामा उल्लेखनीय टेवा पुर्याउनेछ।
यस्तै, एनएमबि बैंक लिमिटेडले चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) मा पनि रु. ३४ करोड ऋण लगानी गर्दै वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।
उक्त आयोजना रु. ४३ करोड ४० लाख को अनुमानित लागतमा निर्माण हुने जनाइएको छ। यस परियोजनामा एनएमबि बैंकको एकल लगानी रहेको छ, जसले बैंकको जलविद्युत क्षेत्रमा लगानी विस्तारप्रति देखाएको प्रतिबद्धता झल्काउँछ।
ऋण लगानीसम्बन्धी सम्झौतामा एनएमबि बैंक लिमिटेडका चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. का अध्यक्ष मोहन बिक्रम कार्की ले हस्ताक्षर गरेका हुन्।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द घिमिरे र कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले औपचारिक रूपमा सम्झौता आदान–प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै CEO घिमिरेले जलविद्युत परियोजनामा लगानी गर्दा प्राविधिक पक्ष, वातावरणीय मूल्याङ्कन, जोखिम व्यवस्थापन लगायत सबै पक्षहरूको सूक्ष्म अध्ययन गरी सुरक्षित ढंगले लगानी गरिने जानकारी दिए।
त्यसैगरी, अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यसअघि पनि ८ वटा जलविद्युत परियोजनाहरूमा सहकार्य भइसकेको उल्लेख गर्दै लाप्चे तामाकोशी आयोजना निर्धारण गरिएको लागत र समयसीमाभित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरूमा ऋण लगानी गरिसकेको जानकारी दिएको छ। जलविद्युत क्षेत्रको विकासमार्फत दिगो आर्थिक वृद्धि र स्वदेशी स्रोतको उपयोगमा बैंक अग्रसर देखिएको छ।
एनएमबि बैंकले नेपाल राष्ट्र बैंक द्वारा जारी Environmental and Social Risk Management, 2022 निर्देशन अनुसार आफ्नो Environmental and Social Policy तयार गरी, त्यसअनुरूप Environmental and Social Management System (ESMS) लागू गरिसकेको जानकारी पनि गराइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा