• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

      अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

      ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

      सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

      शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

      विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

      मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

      ‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै

      सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

      एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

      दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

      रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

      पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

      निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

      आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    होमपेज / अन्य

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख २४, बुधबार (३ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६८ पटक पढिएको
  • हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्।

    गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो। यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ।

    मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो। टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन्। उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन्।

    अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो। प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए।

    भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ।

    त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ” शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ।

    गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो। उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ। म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ। त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ।

    उक्त परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै ८ मिटर गहिराइसम्म गयो भने बाँकी दुई स्थानमा मात्र करिब ६ मिटरसम्म धस्न सकेको थियो। यसले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट सङ्केत गरेको छ। यद्यपि, भूगर्भविद्हरूले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन्। उनीहरूले गाडीका पाटपूर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका छन्।

    गाडी हराएको स्थानको थप परीक्षण बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। पावर अगर विधिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिने छ। साथै, त्यस क्षेत्रको माटोको नमूना संकलन गरी भूमिगत जलको अवस्थितिबारे समेत अध्ययन गरिने तयारी छ। अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ।

    गत शुक्रबार भएको घटनामा, गाडी घाँस काट्ने मेसिन लोड गरेर गैरीगाउँ पुगेको थियो। उक्त गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेका बेला अचानक सम्पूर्ण गाडी जमिनमा भासिएर बेपत्ता भएको थियो। लगातार तीन दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेट्टाउन नसकिएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो।

    घटनाले हेटौँडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोटसम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेको अध्ययनले उक्त स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा कसरी त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशामा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ।

    गाडीको वास्तविक अवस्था, त्यसको स्थान, र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

    ‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

    ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

    शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

    ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख २० गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : चट्याङ्सहित वर्षा र हिमपातको सम्भावना

    करातेका पदक विजेता सन्तोष सम्मानित

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल

    रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

    कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

    आज २०८२ वैशाख २१ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आर्थिक

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑