सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अन्तर्गत सन् २०२६ का लागि आयोजित लोटरीको नतिजा सार्वजनिक गरिएको छ। अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्यूरोले न्युयोर्क समय अनुसार शनिबार दिउँसो १२ बजे (नेपाल समय शनिबार राति करिब ९:४५ बजे) नतिजा सार्वजनिक गरेको हो।
नतिजा हेर्ने तरिका
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७, २०२४ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन्। नतिजा हेर्नका लागि अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट https://dvprogram.state.gov/ मा गएर “Check Status” भन्ने लिंकमा क्लिक गर्नुपर्नेछ।
नतिजा जाँच गर्नका लागि निम्न विवरण आवश्यक पर्छ:
यी विवरणहरू सही तरिकाले इन्ट्री गरेपछि, आवेदनकर्ताको डिभीमा नाम परेको वा नपरेको जानकारी प्राप्त हुनेछ। यदि छनोट भएको हो भने, भिसा प्रक्रियासम्बन्धी थप निर्देशनसमेत त्यही वेबसाइटमा देखिनेछ।
डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न सक्नेछन्। प्रक्रिया अन्तर्गत चिकित्सकीय परीक्षण, कागजातको संकलन, अन्तर्वार्ता (interview) जस्ता चरणहरू पार गर्नुपर्नेछ।
सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ। त्यसपछि भिसा नलिएका उम्मेदवारहरूको अवसर स्वतः खारेज हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
विदेश मन्त्रालयले सबै आवेदकलाई आफ्नो कन्फर्मेसन नम्बर कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म सुरक्षित राख्न सुझाव दिएको छ।
डिभी नपरेको देखिए पनि प्राविधिक कारणले पछि नतिजा अपडेट हुन सक्ने भएकाले कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने सल्लाह दिइएको हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा