सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६२० दशमलव ३९ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३२२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सनिमा माई हाइ«ोपावरको ६० करोड ४८ लाखको शेयर किनबेच भयो ।
आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा