सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा संक्रमणकालीन न्याय प्रणालीसँग सम्बन्धित विषयहरू, शान्ति प्रक्रिया, र समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ। उच्चस्तरीय यो भेटवार्ता सत्तारूढ दलहरूबीचको समन्वयलाई सुदृढ पार्न र जारी राजनीतिक प्रक्रियालाई अघि बढाउन केन्द्रित रहेको बताइएको छ।
दुवै नेताबीच केही समय यता नियमित संवाद भइरहेको भए पनि आजको छलफललाई विशेष रुपमा हेरिएको छ, किनकि संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा दीर्घकालदेखि अलमलमा परेको छ।
प्रधानमन्त्रीसँगको भेटमा माओवादी नेता बर्षामान पुन तथा प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा