सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सर्वोच्च अदालतबाट आएको पत्रका आधारमा चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको हो।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न आदेश दिने पत्र प्रहरीमा बुझाएपछि उनलाई सोही पत्र लेखेको आरोपमा प्रहरी हिरासतमा लिइएको छ। विष्टले आफूलाई “हिंसामा मारिएका मानिसहरूको आत्माले पोलिरहेको” भन्दै उक्त पत्र लेखेको बयान दिएका छन्।
रेशम चौधरी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका हुन्। सो घटनामा आठ जना सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो। चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएका थिए। तर, २०८० साल जेठ १४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि उनी जेलमुक्त भएका थिए।
उक्त आममाफीविरुद्ध १६ गते सर्वोच्चमा रिट दर्ता गरिएको थियो, जुन अझै विचाराधीन छ। सो रिटमा फैसला नभइसकेको अवस्थामा चौधरीको पुनः गिरफ्तारीले कानुनी अन्योल सिर्जना गरेको छ।
पक्राउ परेपछि चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ। प्रहरीले भने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न मात्र पक्राउ गरिएको दाबी गरेको छ।
यो घटनाक्रम सीके राउत नेतृत्वको जनमत पार्टीसँग चौधरीको पार्टीबीच एकता घोषणा हुने भनिएको समयसँग मेल खाने खालको भएकाले यसले थप राजनीतिक तरंग ल्याएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा