सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति गरी दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नवपदोन्नत प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
पदोन्नत भएका प्रहरी अधिकृतहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन्। उनीहरूलाई मन्त्रिपरिषद्को वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरिएको हो।
समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नत अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले राष्ट्र, जनता र संगठनप्रति पुर्याइएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा देखाइएको पेशागत दक्षता तथा कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको उल्लेख गरे।
थापाले, “पद प्राप्तिसँगै थप जिम्मेवारी आउँछ, र यो जिम्मेवारी संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा संगठनको हितमा निष्पक्ष, पारदर्शी र उच्च मनोबलका साथ पूरा हुनेमा पूर्ण विश्वास लिएको छु,” भन्ने धारणा व्यक्त गरे।
समारोहमा नवपदोन्नत अधिकृतहरूको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले मन्तव्य व्यक्त गर्दै संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि उच्च स्तरको व्यवसायिक निष्ठा, इमानदारीता र लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाए।
उनले भने, “हामी संगठनको छविलाई अझ उचो बनाउने लक्ष्यसाथ तोकिएको जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ पूरा गर्नेछौं।”
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा