सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संयुक्त समिति आर्थिक वर्ष २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ ।
बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।
उनले भने, ‘नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ.व. २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।’
त्यस्तै, उनले प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मुल्याङ्कन र अनुगमन गरेर त्यसको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘यो प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा यो कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मुल्याङ्कन गरेर अनुगमन गरेर यो प्रतिवेदनको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्नुपर्ने भएको हुनाले यसको विस्तृत छलफल गर्न अर्को बैठक आयोजना गर्नेगरी आजको बैठक सम्पन्न भएको छ ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा