सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबै नेपालीबीच सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले विचार, आत्मअभिव्यक्ति र मानवीयता सम्बन्धी भावुक सन्देश सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, “कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ। हामी सबैले आफ्ना विचार खुल्ला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ।”
हृदयेन्द्रले आफ्ना पोस्टमार्फत सहिष्णुता, दयालुता र पारस्परिक सहयोगको पक्षमा जोड दिएका छन्। उनले लेखेका छन्: “दयालुता फैलाऔँ। नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न।”
उनको अभिव्यक्ति हालको सामाजिक–राजनीतिक चहलपहलबीच आएको हो, जहाँ सामाजिक सञ्जालहरूमा ध्रुवीकृत बहसहरू तीव्र भइरहेका छन्। उनले युवापुस्तालाई शान्तिपूर्ण संवाद र परिपक्व सोचको मार्ग रोज्न प्रेरणा दिएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा