• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

      अध्यक्ष लिङदेनको चेतावनी ः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

      राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

      अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

      विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

      नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो ः सांसद ढकाल

      नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

      कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो उत्पादन युनिट सञ्चालनमा

      ‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’

      कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

      जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

      क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगल यू–१५ टोलीमा समावेश

      प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

      सुनको मूल्य तोलामा ६ सयले बढ्यो

      ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

    होमपेज / मुख्य समाचार

    सतलोक आश्रम धनुषामा धर्मगुरु रामपालजीका पाँच लाख अनुयायी भेला हुने, विशाल भण्डाराको तयारी तिव्र

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ माघ २०, आईतबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४८३ पटक पढिएको
  • काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीमा भारतका प्रख्यात धर्मगुरु बाबा रामपालजीको सतलोक आश्रम छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम सबै धर्मले कविरलाई भगवान मानेको र आफू तिनै कविरको अवतार भएको बताउने रामपालमा नेपालमा हजारौं अनुयायी छन् ।

    तिनै अनुयायीहरुको अगुवाइमा धनुषामा विशाल भण्डाराको तयारी भइरहेको छ । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गतेसम्म हुने भण्डारामा उक्त अवसरमा सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिने रामपालजीका अनुयायी ओमराज ढकालले जानकारी दिए ।

    ‘कार्यक्रमको मुख्य उद्देश्य सद्भक्ति प्रदान गरी विश्वलाई मोक्ष प्रदान गर्नुका साथै जीव हिंसा, समाजमा भ्रष्टाचार, छुवाछुत र भेदभावको अन्त्य गर्नुका साथै समाजमा व्याप्त दाइजो प्रथाको अन्त्य गर्नु हो । साथै युवा पुस्तामा अध्यात्मिक ज्ञान बढाउनका लागि कार्यक्रम आयोजना गरिएको हो,’ ढकालले भने ।

    कार्यक्रमको संयोजन गरिरहेका कुमार दासका अनुसार फरक फरक दुई वटा कार्यक्रम माघ २४,२५ र २६ गते कबिर साहेबको निर्वाण दिवस र त्यसपछि फागुनको ३,४ र ५ गते जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसका अवसरमा कार्यक्रम हुन लागेको हो ।

    ‘पूर्णब्रम्ह कबीर बाचक समाज र नेपालमा रहेका समस्त भक्तजनहरुको सहयोगमा कार्यक्रम हुँदैछ । कार्यक्रमको मुख्य उद्देश्य भनेको सरकारले गर्न नसकेका, बिज्ञानले गर्न नसकेको कामहरुलाई अध्यात्मिक माध्यमबाट सम्पन्न हुन सक्छ भन्ने हो । यि कुरा प्रमाणित भइपनि सकेको छ । गुरुजीको ज्ञानबाट जनमानसमा चेतना ल्याउने प्रयास हो,’ उनले भने,‘युवा पुस्तालाई अध्यात्मतिर जोड्न पनि कार्यक्रम महत्वपूर्ण छ ।

    बिज्ञान र अध्यात्मलाई एकअर्कासँग जोड्नु आवश्यक ठानेका छौं । संसारमा सबै प्रकारका स्कुल कलेजहरु छन् तर यर्थात अध्यात्मिक कार्यक्रमहरु सञ्चालन गर्ने बिद्यालयहरुको अभाव छ । सतलोक आश्रम धनुषामा लाखौं भक्तजनहरु आउँछन् । त्यहाँ विभिन्न अध्यात्मिक गतिविधिहरु सम्पन्न हुन्छन् । त्यहाँ सत्य सनातनका कुराहरु सिक्ने मौका मिल्नेछ ।’
    आयोजकले फरक फरक उक्त कार्यक्रममा पाँच लाख मानिसहरु आउने दावी गरेको छ । निशुल्क भण्डारा चल्ने भएकाले सबै किसिमका मानिसहरु उपस्थित गराउने आयोजकको योजना छ ।

    निर्वाण र बोध दिवस

    अनुयायी ओमराज ढकालका अनुसार निर्वाण दिवसको महत्व पृथक छ । पूर्णब्रह्म कवीरदेव साहेबजीको स्मरणमा निर्वाण दिवस मनाइन्छ । सन्त रामपालजी महाराजले ज्ञान प्राप्त गरेको दिनमा बोध दिवस मनाइन्छ । दिवसका अवसरमा नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा कार्यक्रमहरुको आयोजना गरिने उनले जानकारी दिए ।
    ‘बोध दिवस भनेको सन १९८८ मा जगत गूरु तत्वदर्शी सन्त रामपालजी महाराजको गुरुदेव स्वामी रामदेवान्दजीबाट दिक्षा मिलेको थियो । जुन दिक्षा उहाँले प्राप्त गर्नुभयो, ज्ञान प्राप्त गर्नुभयो त्यही ज्ञान हामीले पनि पाएका छौं । उहाँले पाएको ज्ञान नै आज आएर विकृतिमुक्त, विसंगतीमुक्त र स्वच्छ अध्यात्मिक जीवन जिउने अवसर मिलेको छ । त्यही स्मृतिमा बोध दिवस मनाउन लागेका हौं,’ उनले भने ।

    उनले अगाडि भने,‘सन्त रामपालजी महाराजजी सन १९५१ मा भारतको हरियाणामा किसान गाउँमा उहाँ जन्मिनुभयो ।

    त्यसपछि उहाँले आफ्नो शैक्षिक अध्ययन पूरा गरिसकेपछि सिभिल ईन्जिनियरका रुपमा सिंचाई विभागमा नियुक्त भएर सेवा गर्दै र अध्यात्मिक ज्ञान प्राप्त गर्नुभयो । र यो ज्ञान पृथ्वीमा फैलाउनुपर्ने स्वयम भगवानबाट निर्देश भयो भन्ने प्रमाणहरु पनि भेटिन्छन् । यो ज्ञानको उजागर गर्नको लागि अहिलेसम्म संसारमा विद्यमान धार्मिक आडमा शोषण, धार्मिक कुरीति, पाखण्ड अन्धविश्वासलाई खोलेर ज्ञान मानवको लागि के हो त, कसरी मानव खुसी रहन्छ, कसरी मान्छेमा नैतिकताको विकास हुन्छ, कसरी व्यक्तिमा धार्मिक आचरणको विकास हुन्छ भनेर मूर्त रुप दिनको लागि सन्त रामपालजी महाराजजीले सन् १९८८ बाट ज्ञान दिन सुरु गरेको र संसारभरी ज्ञानलाई फैलाउनुभयो,’ उनले भने, सोही ज्ञानको फलस्वरुप संसारका धेरै राष्ट्रहरुमा उहाँको ज्ञान लोकप्रिय भएको हो र उहाँका अनुयायीहरु फोहोरको दलदलबाट बाहिर निस्केका छन् ।’

    दाइजोविरुद्ध अभियान

    दाइजो तराइमा मात्र नभइ संसारमा जोसुकै लोभी रहेको उल्लेख गदै ढकालले दाइजो कुरितीविरुद्ध सन्देश फैलाउन पनि कार्यक्रमको विशेष महत्व रहेको बताए । ‘कुनै एउटा बाबुले छोरी उसको आगनमा हुर्काउँदैछ भने त्यो बाबुको रातिको निद्रा र दिनको भोक हराएर जान्छ । बुवाको जवानी त्यतिकै ओइलिन्छ उसको खुसीयाली हराएर जान थाल्छ । छोरीलाई हुर्काउने र शिक्षित गराउने, छोरीहरुको कर्म, संस्कार र विवाह बन्धनमा बाँधिदिने कसरी भन्ने तनावमा हुन्छ । दाइजो लिनेहरु त्यसरी नै हुर्किरहेका हुन्छन् । हृदयको टुक्रा झिकेर दिए जसरी बाबुले छोरीलाई आँगनबाट विदा गर्दैगर्दा दाइजो नदिएको कारणले तराइमा कति छोरीहरुलाई जिउँदै जलाएर मारिन्छ । कतिलाई मर्नको लागि दबाब दिइन्छ । त्यसका विरुद्ध सन्तरामपालजी महाराजजीले ज्ञान फैलाउनुभएको छ । यसलाई तुरुन्तै रोक्नुपर्छ भन्ने उहाँको अभियान समेत रहेकाले कार्यक्रमको विशेष महत्व छ,’ ढकालले भने ।

    यसैगरी सन्त रामपालजी जीव हिंसा समेत अन्त्य गर्ने उदेश्य रहेको उनले बताए । ‘कुनैपनि प्राणीलाई दुख्ने र पीडा दिने काम कसैले गर्नुहुन्न । कुनैपनि जीवलाई काट्नु, त्यसलाई तड्पाउनु, र त्यसको जिउने अधिकार खोसेर आफ्नो भूँडी भर्नु मानवीय कार्य होइन भनेर सन्त रामपालजी महाराजले ज्ञान दिनुहुन्छ,’ उनले भने ।

    राज्यले धर्मको नाममा अन्धविश्वास, शोषण, पाखण्ड गर्न दिनु नहुने भन्दै ढकालले भने,‘जीवहरुको संरक्षण गर्ने खालको जनचेतना मूलक कार्यक्रम चलाउनुपर्छ । यस्ता काम गरिरहेका संघ संस्थाहरुलाई पनि अगाडि ल्याउनुपर्छ,’ उनले अगाडि भने,‘धुम्रपानको सेवन गर्नु भएन, कसैको हत्या गर्नु भएन, अरुको धन लुटेर आफूले मोज गर्नु भएन । भ्रष्टाचार गर्ने विचार पनि आउनु भएन । कसैका छोरीचेलीप्रति नराम्रो नजर राखेर, दुर्व्यवहार गर्नु भएन र त्यसको कल्पना पनि गर्नु भएन् । यि सबै गुण सान्तरामपालजीमा छ भन्ने कुरामा म विश्वस्त छु ।’

    व्यक्तिको आचरण बदल्ने प्रयास

    यस्ता विशाल कार्यक्रमले मानिसहरुको नकरात्मक भावना र विकृत मानसिकता अन्त्य गर्न अध्यात्म ज्ञान दिने कार्यक्रमको उद्देश्य रहेको आयोजकको दाबी छ । समाजमा आफू विभिन्न विकार र विकृतिमा मुछिएर अरुलाई उपदेश दिदैँ हिन्ने खालका मान्छेहरु पनि छन् । पहिला आफूमा बदलाव ल्याउनुपर्यो । जस्तै घरमा बुबाले चुरोट र रक्सी खाएको देखेर हुर्किएको बच्चाले पछि गएर आफैं खानसक्छ । त्यसकारण यस्तो कुरालाई न्यूनिकरण गर्न र समाजबाट विस्थापित गर्नको लागि सान्तरामपालजी महाराजजीको आध्यात्मिक ज्ञान र उपदेशमूलक पुस्तक विश्वव्यापी रुपमा र सामाजिक सञ्जालमा पनि ट्रेन्डिङको पहिलो नम्बरमा आइरहेको छ । संसारका लगभग १ सय ५० भन्दा बढि भाषाहरुमा अनुभादित् छ । ति पुस्तकहरुलाई मगाउने पढ्ने र ज्ञानलाई बुझ्ने कोशिस हामी गरिरहेका छौं, ढकालले भने ।

    भ्रष्टाचार जस्तो कुकर्म र गलत कार्य अरु केही पनि नहुने भन्दै उनले भ्रष्टचारीहरु संसारबाट बिदा भएर जानुपर्छ । जाँदा खाली हात नै जाने भएकाले सोही अनुसार सन्देश फैलाउने कार्यक्रमको लक्ष्य रहेको उनले सुनाए ।

    नेपाललाई जोगाउनको लागि नैतिकता उत्थान गर्न आवश्यक रहेको उनले बताए । कार्यक्रमका संयोजक कुमार दासले कबीर साहेब ६ सय २० बर्ष पहिला भारतको बनारसमा जन्मिएर २० बर्ष विभिन्न ज्ञानहरु दिएर गएको पनि बताए ।

    ‘त्यो बेला पनि समाजमा रुढिवादी र अन्धबिश्वास थियो । ज्ञानको अभाव थियो । त्यसबेला बाबा कवीरले ज्ञान दिनुभएको थियो । समाज बदल्नु भएको थियो । आज हामीहरु समाज बदल्ने अभियानमा जुटिरहेका छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ९%२%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

    सशस्त्र प्रहरीको प्रवक्तामा कालीदास धौवजी नियुक्त

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा नियुक्त

    केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    अध्यक्ष लिङदेनको चेतावनी ः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

    राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

    अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

    सशस्त्र प्रहरीको प्रवक्तामा कालीदास धौवजी नियुक्त

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा नियुक्त

    केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख १८ गते बिहिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : पहाडी भू–भागमा वर्षाको सम्भावना

    नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

    ९ बुँदे सहमतिसँगै शिक्षकहरुको सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?

    सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

    अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट

    श्रमिक समृद्ध राष्ट्र निर्माणको आधार हुन् : पूर्ण बस्नेत

    आर्थिक

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑