सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन ।
आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् ।
बिबाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।
अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।
निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा