सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ पौष । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर २ हजार ५९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
यसदिन ३१० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर ४ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाको शेयर कारोबार भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज नारायणी विकास बैंकको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा