सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले बिहीबार आन्दोलन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित आन्दोलन गरेका हुन् ।
आन्दोलनमा उनीहरुले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।
विद्यार्थीहरुले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको व्यानर देखाएर आन्दोलन गरेका हुन् ।
आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढि पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा