• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

      १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

      सांसदलाई संसदीय भूमिकाबारे एमालेको प्रशिक्षण, ओली र पोखरेलले मार्गदर्शन दिने 

      फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

      चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

      पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

      अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

      देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

    होमपेज /  पत्रपत्रिका

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ अषाढ ९, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५३ पटक पढिएको
  • काठमाडौं । सरकारले कूटनीतिक नियोगको क्षेत्रलाई कर्मचारीको अवकाशपछि आराम गर्ने थलोका रूपमा परिणत गर्ने संकेत देखाएको छ । पूर्वसचिव, मुख्यसचिव, गैरसरकारी संस्थाका कर्मचारीलाई सरकारले कूटनीतिक नियोगमा नियुक्ति गर्ने परम्परा बनाएको छ । मन्त्रिपरिषद्ले शुक्रबार गरेको निर्णयअनुसार पूर्वमुख्यसचिव तथा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भारतका लागि मनोनयन गरेको छ । रेग्मी एमालेको कोटामा भारतका लागि राजदूतका लागि सिफारिस भएका हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ असोज महिनामा बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो ।

    सरकारले तत्कालीन समयमा परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्य सचिव बनाउन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको थियो । राजदूतको प्रस्ताव आएपछि रेग्मीले अवकाश हुनु एक महिनाअघि राजीनामा दिएर शंकरदास वैरागीलाई मुख्यमन्त्रीको बाटो खुला गरिदिएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोज ५ गते रेग्मीलगायत १२ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले अहिले फेरि रेग्मीलाई शुक्रबार राजदूतमा सिफारिस गरेको छ । रेग्मीले गृहसचिव, अर्थ सचिव र भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयमा सचिवको पद पनि सम्हालेका छन् ।

    भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई सरकारले गत असार ६ गते फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णयले कूटनीतिक तहका नेपालको कमजोर अवस्था देखिएको थियो । भारतमा आफ्नो देशको राजदूत खाली गराएर गरिएको भ्रमणले पनि ठूलो अर्थ राख्ने गर्छ । राजदूत फिर्ता बोलाएर भारत भ्रमण गर्नुले नेपालको निम्छरो कूटनीतिक अवस्था देखिएको थियो । उनै फिर्ता बोलाइएका राजदूत शर्मासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी भए ।

    त्यस्तै, सरकारले पूर्ववाणिज्य तथा उद्योग सचिव चन्द्र घिमिरेलाई अमेरिकाका लागि नेपालको नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपाली कांग्रेसको कोटामा नियुक्त भएका वर्तमान राजदूत श्रीधर खत्रीलाई फिर्ता बोलाइएको छ । त्यस्तै, विजन पन्त बेलायतका लागि नेपालको नयाँ राजदूतमा नियुक्त भएका छन् । पन्तले यसअघि प्रधानमन्त्री सुशील कोइरालाको सामाजिक विकास सल्लाहकार र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को सल्लाहकारका रूपमा काम गरेका थिए । उनको नाम नेकपा (माओवादी केन्द्र)को कोटाअन्तर्गत भएको हो ।

    राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेललाई दक्षिण कोरियाका लागि सिफारिस भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारसमेत रहेका प्याकुरेलले हालै सियोलबाट फिर्ता बोलाएकी ज्योति प्याकुरेल भण्डारीको रिक्त रहेको पद पूर्ति गर्ने भएको छ ।

    त्यस्तै, प्रख्यात बालअधिकारकर्मी तथा नेपाल सरोकारवाला केन्द्रका कार्यकारी निर्देशक सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको राजदूतमा नियुक्त गरिएको छ । २०७७ मा तत्कालीन केपी ओली सरकारले तुलाधरसहित ११ जना राजदूतलाई अस्ट्रेलियाका लागि मनोनयन गरेको थियो । जनता समाजवादी पार्टीका रामस्वार्थ राय यादवलाई हालै डेनमार्कबाट फिर्ता बोलाइएको छ ।

    त्यस्तै, स्पेनका लागि पुष्पराज राजकर्णिकार राजदूतमा नियुक्त भएका छन् । राजकर्णिकार राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा व्यापार तथा वित्तीय व्यवस्थापनका विज्ञ हुन् । उनलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोटामा राखिएको हो । मलेसियामा लामो समयदेखि एनजीओ कार्यकर्ता नेत्रप्रसाद तिमिल्सिना नेकपा एमालेको कोटामा सिफारिस भएका छन् । उनी पछिल्लो समय काठमाडौंमा विश्व सामाजिक मञ्चको आयोजनामा सक्रिय थिए ।

    नेकपा (एकीकृत समाजवादी) कोटामा राजदूत नियुक्त भएका डिल्लराज पौडेललाई तिमिल्सिनाले विस्थापित गर्नेछन् । त्यसैगरी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट साउदी अरबका लागि नेपालको राजदूतमा बाँके जिल्लाका अब्सुमान खानलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्बाट सिफारिस भएका राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि संसद्मा पठाइनेछ । संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकमा एग्रिमो (स्वीकृति)का लागि पठाइन्छ र एग्रिमो आएपछि राजदूतमा नियुक्त गरिन्छ ।

    राजदूतको कार्यकाल चार वर्षको हुन्छ । नेपालका अहिले ३० दूतावास र संयुक्त राष्ट्र संघका लागि तीनवटा स्थायी नियोग छन् । यस्तै, सात महावाणिज्य दूतावास छन्। राजदूत नियुक्त निर्देशिकाअनुसार ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिकतर्फबाट सरकारले राजदूत नियुक्ति गर्ने मापदण्ड बनाइएको छ । सरकारले गत २४ जेठमा ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। यसअघि पनि ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूतमा क्रमसः डा. शंकरप्रसाद शर्मा, प्रा. श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

    उनीहरूलाई पनि सरकारले अवकाशप्राप्त भइसकेको अवस्थामा राजदूतमा सिफारिस गरेको थियो । त्यसअघि सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई चीनको राजदूत बनाएको थियो । पूर्वमुख्यसचिव भोजराज घिमिरेलाई पनि क्यानडाको राजदूत बनाएको थियो । घिमिरे २०६६ मंसिर देखि २०७० मंसिरसम्म क्यानडाका लागि नेपाली राजदूत भएका थिए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑