• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    होमपेज /  अटो

    लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख ३०, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९७३ पटक पढिएको
  • रामग्राम(परासी) , वैशाख ३०। नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।

    हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादनमा सफल भएसँगै एसेम्बल प्लान्ट औपचारिक उदघाटन गरिएको हो ।

    औपचारिक उदघाटन भएसँगै नेपालमै एसेम्बल भएको हुन्डाई ब्रान्डका भेन्यू बिक्री पनि शुरु भएको छ । कम्पनीका महाप्रवन्धक दिपक थपलियाका अनुसार अहिले हुन्डाईका भेन्यू कार उत्पादन शुरु भएको र भविष्यमा क्रेटा उत्पादन शुरु गरिनेछ । भारत र कोरियाबाट आयात गरिएका पार्ट्सबाट नेपालमै कार तयार गरिने उनले बताए । हाल दुईसय जनाले रोजगारी पाइरहेको र भविष्यमा पाँचसय जनाले रोजगारी पाउने उनको भनाइ छ ।

    प्लान्टमा ११ सय मुख्य पार्टपुर्जा कोरिया र एकसय सहायक गरी १२ सय पुर्जा जडान गरी एउटा भेन्यू कार तयार गरिने थपलियाले जानकारी दिए । कोरियाली प्राविधिकहरुको सहयोग र तालिमबाट नेपालमै दक्ष प्राविधिकबाट कार उत्पादन गरिएको कम्पनीले जनाएको छ । कार टेष्ट राइडका लागि प्लान्ट परिसरमै एक किलोमिटर सडक निर्माण गरिएको छ ।

    सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात शुरु गरेको थियो ।

    हुन्डाई मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो । त्यसयता कम्पनीले ठूलो संख्यामा सीकेडी आयात गरिसकेको छ । ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । रामग्राममा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो ।
    भब्य एसेम्बली प्लान्ट

    कम्पनीको अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा भव्य निर्माण गरिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको प्लान्टमा पाँच हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरुको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।

    एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको जनाएको छ ।

    वैशाख २८ गते शुक्रबार मोटर एसेम्बली प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमलगायतको उपस्थिति थियो ।

    उदघाटनसँगै लक्ष्मी ग्रुपले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण इतिहास रचेको दाबी गरिएको छ । जहाँ नेपालमा बनेको पहिलो ‘हुन्डाइ भेन्यू’ हाल प्रदर्शनमा राखिएको छ । प्लान्टले निकट भविष्यमा हुन्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्ब्लिंग गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

    नेपालमा हाल हुन्डाईका १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स छन् । यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष भूमिका निर्वाह गरिरहेको छ ।
    नयाँ मूल्य चाँडै

    नेपालमै कार उत्पादन गरेसँगै मूल्य पनि घट्ने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एवम कम्युनिकेशन अधिकृत सन्दिप शर्माका अनुसार एक साताभित्र नेपालमा उत्पादित नयाँ कारको मूल्य निर्धारण हुनेछ ।

    उनका अनुसार नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातको तुलनामा कम पर्नजाने बताए । नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ ।

    हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य २०२४ मोडलको ई १.२ को ४१ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य राखिएको छ ।

    सरकारको सहजीकरण

    सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलीयत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरु सरकारले उपलब्ध गराएको छ ।

    त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलीयत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ । प्लान्ट उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै लगानी प्रोत्साहनका लागि नयाँ व्यवस्था ल्याउने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑