सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । धनगढी उपमहानगरको मेयरमा राजनितिक दलका उमेदवारलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र उमेदवार गोपाल हमाल विजयी भएका छन् । त्यस्र्तै, उपमेयरमा भने एमालेकी कन्दकला राना निर्वाचित भएकी छन् ।
हमालले गठबन्धनका साझा उमेदवार कांग्रेसका नृपबहादुर वडलाई १२०४८ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
हमालले २६८६५ मत प्राप्त गरेका छन् भने वडले १४८१७ मत पाए । त्यस्तै, तेस्रो स्थानमा आएका नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले ९११५ मत ल्ःयाए।
जितसँगै हमालले ०७४ सालको हारको बदलात वडसँग लिएका छन् । त्योबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरले पराजित गर्दैै मेयरमा चुनिएका थिए ।
त्यस्तै, उपमेयरमा भने एमालेकी कन्दकला राना १५४७९ मतसहित निर्वाचित भइन् । गठबन्धको तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले १२६७० मत ल्याइन। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत प्राप्त गरीन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा