सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, ७ जेठ । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका रणबहादुर राई (आरबी) विजयी भएका छन्।
नेकपा एमालेका काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले हराउँदै राई नगरप्रमुख निर्वाचित भएका हुन्। राईले १२ हजार ४३१ मत पाए। कागतेले काजीमानले १० हजार ५७९ मत पाए।
उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी भएका छन्। उनी ११ हजार ८५४ मतसहित निर्वाचित भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याइन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा