सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । पर्वतको कुश्मा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले) का उमेदवार विजयी भएका छन् ।
मेयरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार रामचन्द्र जोशीले ९८४९ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका गणेश शर्मा पौडेलले ९०५१ मत ल्याएका हुन् ।
उपमेयरमा निर्वाचित एमालेकी उमेदवार स्वस्थानी रिजालले ९०९२ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार शंकर गिरीले ८२८२ मत पाए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा