सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, ३ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको हो ।
अध्यक्ष चुमान ३९४० मत प्राप्त गरी विजयी भएका छन् भने निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २२३० मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा अर्याल २८४८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले २१८३ मत प्राप्त गरिन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा