सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् ।
मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका पाउनुभएको छ भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाउनुभयो ।
मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाउनुभयो ।
उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाउनुभएको छ ।
२०७४ को निर्वाचनमा पनि भक्तपुरमा नेमकिपा विजयी भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा