सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला, १ जेठ । दार्चुला सदरमुकाम खलंगासमेत समेटिएको महाकाली नगरपालिकाको मेयर र उप मेयरमा नेकपा (एमाले) का उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
मेयरमा नरसिंह चैसिर र उप मेयरमा दुर्गाकुमारी खत्रीले विजयी हुनुभएको हो । उहाँहरूले गठबन्धनका साँझा उम्मेदवार हंशराज भट्ट र खत्रीले सुना बोहरालाई पराजित गर्नुभएको हो । गत २०७४ को स्थानीय तह निर्वाचनमा चैसिर भट्टसँग पराजित हुनु भएको थियो यो नगरपालिका कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडुको गृहपालिका हो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा