• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा

      दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

      निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो

      कांग्रेसका पूर्वकार्यवहाक सभापति खड्काले गरे मतदान

      क्रियापुत्रीले पनि गरे मतदान

      मन्त्री श्रद्धा श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

      निर्वाचन आयोगले भन्योः ‘हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए’

      झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान

      सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण

      र्लाहीको बलरा मतदान केन्द्रमा विवाद, ढुंगामुढापछि केही बेर रोकिएको मतदान पुन: सुरु

      मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’

      तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’

      रवीन्द्र मिश्रले गरे मतदान

      दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान

      झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

    होमपेज /  विश्व

    आफ्नो आन्तरिक मामिलामा दखल नदेउ भन्दै भारतले पनि चिनलाई दियो चेतावनी: तनावमा भारत-चिन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २०, आईतबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१२ पटक पढिएको
  • चैत्र २० ,काठमाडौं – चीनको तीव्र विरोधबीच धार्मिक नेता दलाई लामाले शनिबारदेखि उत्तरपूर्वी भारतको १२ दिने यात्रा शुरु गरेका छन् । लामालाई अरुणाचल लगायत भारतका उत्तरपूर्वी राज्यहरूको भ्रमण गर्ने अनुमति दिए भारत–चीन सम्बन्ध बिग्रने चीनको चेतावनीका बीच लामाको भ्रमण शुरु भएको हो । चीनले लामाको भ्रमण रोक्न भारतलाई पटक पटक आग्रह गर्दै आएको थियो । दलाई लामाले शनिबार उत्तरपूर्वी राज्य असममा आयोजित ‘विश्व शान्तिप्रति मानवीय दृष्टिकोण’ नामक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

    सम्बोधनमा उनले आफू सन् १९५९ मा तिब्बतबाट भागेर भारतको अरुणाचलस्थित कमेङ्मा आउँदा भारतीय अधिकारीहरूले स्वागत गरेको क्षण स्मरण गरे । शुरुमा म सन् १९५६ मा धार्मिक कार्यक्रममा भाग लिन आएँ । त्यसपछि सन् १९५९ मा शरण लिन आइपुगेँ । म लामो समय भारत सरकारको पाहुना बनेर बस्दै आएको छु’, उनले भने । असमको उग्रवादी संगठन ‘युनाइटेड लिबरेसन फ्रन्ट अफ असम’ (उल्फा)ले दलाई लामाको भ्रमणको विरोध गरेको हुनाले कडा सुरक्षा व्यवस्था गरिएको थियो । उल्फाले चीनको विरोधमा नबोल्न दलाई लामालाई चेतावनी दिँदै आएको छ ।

    आइतबार लामाले गुहावटी विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । सोमबार उनी तवाङ जानेछन् । त्यहाँ उनी अप्रिल ७ तारिखसम्म रहनेछन् । यो भूभाग चीन र भारतको सीमाबाट २५ किलोमिटर दूरीमा छ । त्यसैले चीन निकै चिन्तित देखिएको हो । सीमा क्षेत्रमै आएर ‘पृथकतावादी समूह’का नेता लामाले चीन र भारतबीचको विवादित भूभाग अरुणाचलको भ्रमण गर्न लागेको भन्दै चीनले तीव्र आपत्ति प्रकट गरेको हो । अरुणाचललाई चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतको दक्षिणी भाग मान्दै आएको छ । सन् १९६२ मा चीन र भारतबीच युद्ध भएयता यो भूभाग भारतको नियन्त्रणमा छ । शनिबार दलाई लामालाई उनको अरुणाचल यात्राबाट चीन रिसाएको भन्ने जिज्ञासामा उनले मुस्कुराउँदै भने, ‘यो सबै सामान्य कुरा हो ।’

    दलाई लामालाई मंगलबारदेखि ९ दिन अरुणाचलको भ्रमण गर्नका लागि भारत सरकारले अनुमति दिएको छ । भारतले उनको भ्रमण विशुद्ध धार्मिक रहेको तर्क गरेको छ । भारतको यस्तो भनाइप्रति चीन सहमत छैन । बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ली कङले १४ औं दलाई लामाको भ्रमण भए चीन र भारतबीच देखिएको सीमाविवाद अझ बल्झने र द्विपक्षीय सम्बन्ध बिग्रने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘हामी दलाई लामाको अरुणाचल यात्राबाट निकै चिन्तित छौं । यो विषयमा चीन स्पष्ट र अडिग छ ।’ चीनले आफ्नो छिमेकी देशबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा चीनविरोधी गतिविधिलाई रोक्नुपर्ने बताउँदै आएको छ ।

    चीन विरोधी तथा पृथकतावादी गतिविधिमा लागेका लामाको भ्रमणले सीमा क्षेत्रको स्थिरता र शान्तिमै असर पर्ने भन्दै चीनले उनको भ्रमणको विरोध गरेको छ । दलाई लामाको भ्रमण एक चीन नीतिविरुद्ध रहेको चीनको भनाइ छ । चीनले भारतले विगतमा तिब्बत मुद्दामा गरेको प्रतिबद्धता र सीमा विवादबारे दुई देशबीचको सहमतिको पालना गर्न भारतलाई आग्रह गरेको छ । दलाई लामाको अरुणाचल यात्रामा भारतले यसो गर्नुपर्छ भनेर चीनले भारतको आन्तरिक मामिलामा दखल दिन नहुने भारतीय गृह राज्यमन्त्री किरन रिजिजुले चतावनी दिएका छन् । उनले भने, ‘हामी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, चीनले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर भन्न हुँदैन ।’ अन्नपूर्णपोस्टबाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी

    इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

    इजरायलद्वारा तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण

    मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थल प्रभावित, धेरै उडान रद्द

    इरान विरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त

    मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन अमेरिकाको आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी

    कर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी…

    दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत…

    निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी…

    दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत…

    निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी…

    क्रियापुत्रीले पनि गरे मतदान

    मन्त्री श्रद्धा श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑