सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं चैत्र ;१३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने मधेशी मोर्चाको प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन नहुने र भएमा सबै मिलेर यसको विरोध गर्नुपर्ने पनि प्रष्ट पारे ।
काठमाडौंमा आयोजित कार्यक्रममा काँग्रेस नेता कोइरालाले भाषा संवेदनशील विषय भएको उल्लेख गर्दै नेपालको अस्तित्वनै नरहने गरी मधेशी मोर्चाले संविधान संशोधन प्रस्तावमार्फत् हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन खोजेको भन्दै आक्रोश समेत व्यक्त गरे ।कार्यक्रममा नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउन सबै पक्ष लाग्नुपर्नेमा समेत जोड दिए । उनले मुलुकको लागि निर्वाचन अपरिहार्य भएको भन्दै यसबाट पन्छिन कुनै पनि राजनीतिक दललाई अधिकार नभएको स्पष्ट गरे ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा