सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठ्माडाैं ११ चैत्र । राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरुमा भारी बर्षा सहित असिना परेको छ । ९ बजेर ३० मिनेटदेखि आएको अविरल वर्षासँगै आएको असिनाले बाटो पुरै सेताम्मे भएको छ । खाली जग्गाहरुमा हिउँ परेको जस्तै देखिएको छ । चट्याङ र हावाहुरीसँगै असिना परेपछि राति साढे ९ बजेपछि विमानस्थल बन्द गरिएको हो ।
बिमानस्थल बन्द गरिएपछि अवतरणका लागि तयार जहाजलार्इ आकाशमै होल्ड गरिएको छ ।
बिमानस्थल बन्द भएपछि सारजाहबाट आएको एयर अरेबियाको जहाज आकाशमै घुमिरहेको छ । त्यसैगरी हङकङबाट आएको ड्रानग एयरको अर्को जहाज पनि आकाशमै होल्ड गरिएपछि चक्कर लगाइरहेको छ ।
त्यसैगरी चीनको गोन्झाउबाट अाएको चाइन साउदर्न एयरलाइन्सको जहाज बंगलादेशतर्फ डाइभर्ट गरिएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा