• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

      जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

      रुकुम पश्चिममा पछि परे जनार्दन

      झापा–५ : बालेनको अग्रता कायमै

      चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

      मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    होमपेज /  सेतोखबर बिशेष

    पूर्वी र पश्चिम भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ८, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३४१ पटक पढिएको
  • चितवन- राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आउँदो चैत १५ गते मंगलबारदेखि दिनहुँ छ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सञ्चालन भइरहेको छ। सो क्रममा अहिले पनि दिनहुँ दिउँसो साढे चार घण्टा सडक पुर्ण रुपमा बन्द हुने गरेको छ।नारायणगढ मुग्लिन सडक आयोजनाले सोमबार सुचना जारी गर्दै आउँदो हप्ताबाट सडक बन्द हुने समय बढ्ने जानकाकरी दिएको हो। सूचनाअनुसार चैत १५ गतेबाट सो सडक खण्डमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी चल्न रोक लाग्ने छ। अहिले सो सडकमा बिहान साढे १० बजेदेखि दिउँसो तीन बजे अर्थात दैनिक साढे चार घण्टा बन्द हुँदै आएको छ।

    ‘चैत १५ गतेदेखि अर्को सूचना नआउँदासम्म सडक छ घण्टा बन्द हुनेछ,’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने। सडक विस्तारको काम चली रहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तिब्रता दिनुपरेको आयोजना कार्यालयले जनाएको छ।’सो समयमा वैकल्पिक सडकबाट जानसक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं,’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने। काम हुँदै गरेका कारण बन्दका बेलामा साना गाडीहरुसमेत छिर्न गाह्रो हुने अवस्था छ। एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवसस्था गरेर पार लगाउने गरेको अधिकारीहरु बताउँछन्।

    वैकल्पिक मार्गमा काठमाडौंबाट पूर्व जान आउनका लागि बनेपा बर्दिवासको बीपी राजमार्ग, हेटौंडा नौं बिसेको त्रिभुवन राजपथ छन्। तर यी मार्ग ठूला र मालबाहक गाडीका लागि उपयुक्त छैनन्। त्यस्तै पश्चिम जान आउनका लागि मुग्लिनबाट पोखरा हुँदै सिद्धार्थ राजमार्गबाट स्याङ्जा बुटवल निस्कन सकिन्छ। तर यो बाटो पनि खासै राम्रो छैन र दूरी पनि लामो छ।यसअघि निर्माणधीन नारायणगढ-मुग्लिन सडक पुस सात गतेबाट बिहान ११ बजेदेखि तीन बजेसम्म अर्थात् चार घण्टा बन्द हुने गरेको थियो। त्यस्तै पुस १९ गतेबाट थप आधा घण्टा अर्थात् बिहान साढे १० बजेदेखि तीन बजेसम्म बन्द हुँदै आएको थियो। गत वर्ष माघमा पनि यसरी नै बन्द गरेर सडक निर्माण गरिएको थियो। जुन समय वर्षा सुरु भएपछि मात्रै हटेको थियो।

    यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो। सो बेला भएको सम्झौताअनुसार निर्माणको काम दुई वर्षपछि अर्थात् यसै महिना पूरा हुनु पर्ने थियो। तर अहिलेसम्म जम्मा ४१ प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख यादवले बताए।सोचेअनुरुप काम हुन नसकेको भन्दै निर्माण कम्पनी र सडक आयोजनाका अधिकारीहरु सडक बन्द गर्ने समय लम्ब्याउन चाहन्छन्। उनीहरुले चार घण्टाको समय कम भएको भन्दै आएका थिए। तर राजधानीलाई जोड्ने मुख्य मार्ग भएका कारण चाहे अनुरुप सडक बन्द गर्न पनि अफ्ठ्यारो छ।

    ‘हामीसँग निर्माण कम्पनीले दैनिक आठ घण्टा बाटो पूरै बन्द भए राम्रोसँग काम गर्न पाइन्थ्यो भन्दै आएका छन्। आयोजनाको तर्फबाट पनि छ घण्टासम्म बन्द गर्न पाए ठीकै हुने थियो भन्ने लागेर त्यहीअनुरुप समय मिलाएको हो,’ नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने।सडक निर्माण सम्पन्न हुने अवधि आउँदो डिसेम्बरसम्म थप भएको छ। भूकम्प, नाकाबन्दीलगायतका कारणहरु देखाउँदै आठ महिना समय थप भइसकेको छ। तर पनि काम निकै सुस्त हुने गरेको छ। तर थप भएको समयमा पनि निर्माण पुरा हुनेमा आशंका नै छ। सो सडक निर्माण पुरा हुन कम्तिमा एक वर्ष ढिला हुने अधिकारीहरुले अनौपचारिक रुपमा आफ्ना धारणाहरु राख्ने गरेका छन्।नारायणगढमुग्लिन सडक ३६ किलो मिटर लामो छ। त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ। नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अरब रुपैयाँ ऋण सहयोगमा विस्तारको काम हुँदै गरेको हो। पहिला एक घण्टामा पार हुने सो सडक अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा…

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑