सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । उद्यमी बसन्त चौधरीले नेपाल भारत सम्बन्धको विषयमा कुरा हुँदा सधैं ‘रोटी–बेटी’को दुहाइ दिइने गरेको बताएका छन् । उनले अब रोटी बेटीको दुहाइबाट माथि उठ्ने समय भएको बताएका छन् ।
चौधरीले सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दे पछिल्लो समय ६०–७० लाखको संख्यामा नेपालीहरुले भारतबाहेक तेस्रो मुलुकबाट ‘रोटी’ कमाउने गरेको र धेरैले उतैका ‘बेटी’ बिहे गर्न थालेको तर्क ब्यक्त गरेका छन् ।
उनले आपसी सम्बन्धको कुरा गर्दा अब रोटी–बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्दै प्रश्न गरेका छन् ।
उनले ट्विटरम लेखेका छन्, ‘#NepalIndiaRelaions को कुरा हुँदा सधैँ ‘रोटी-बेटी’को सम्बन्धको दुहाई दिइने गरिन्छ। अहिले ६०-७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन्। आपसी सम्बन्धको कुरा गर्दा अब रोटी-बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या? #RotiAurBeti
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा