सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ भन्दै प्रश्न गरेका छन् ।
सरकारले कतारका राजाको नेपाल भ्रमणका क्रममा दुईवटा हात्ती उपहार दिने भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् ।
उनले पशु उपहार दिनु वा बेच्नु कानूनी हो ? भन्दै प्रश्न गरे ।
यस्तै उनले प्रश्न गर्दै भने, ‘म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ? पशु अधिकार एउटा ठट्टा हो, कतारमा पशु अधिकार भन्दा तल मानव बेच्ने राष्ट्रमा !!’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा