सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० बैशाख । नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ ।
बिहीबार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले एक खेल अगावै श्रृंखला जितेको हो ।
आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए ।
यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो । अन्तिम खेल शनिबार हुनेछ । शनिबार नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा