सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा पुगेर रेकर्ड ब्रेक गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला बिहीबार सुन प्रतितोला १६०० रुपैंयाले बढेर १ लाख ४० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँरुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य ६० रुपैंयाले बढेर १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा