सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २० । ‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ ।
शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो ।
अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए ।
६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ थिए ।
लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउने समेत अवसर पाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा