सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २० । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाएका छन् । विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उनीहरुले बर्षगाँठ मनाएका हुन् ।
ज्ञानेन्द्र र कोमलबिच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गरे ।
नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको विवाह भएको हो । केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको विवाह भएको थियो ।
ज्ञानेन्द्रको विवाहको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विवाह गरेका थिए । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा