सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, जेठ २८ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण र सवारीसाधनको गति महानगरीय प्रहरी परिषर भक्तपुरले निर्धारण गरेको छ ।
प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडिबुटी मनोहरा पुलसम्म प्रत्येक सवारी साधनको अत्याधिक गति प्रतिघण्टा ५० किलोमिटर प्रहरीले निर्धारण गरेको जनाए ।
मंगलबारदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारबाही गर्ने जानकारी दिए ।
उनले भने, ‘आजैदेखि यो नियम लागू गरेका छौँ, आजदेखि गति मापन गर्ने छौँ, सुरुमा केहीदिन सवारी चालकलाई सम्झाउने छौँ, असार १ गतेदेखि भने कारबाही अगाडि बढाउने छौँ ।’
दूर्घटना न्यूनीकरणका लागि जडिबुटी मनोहरा पुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलाँसे हुँदै काँभ्रे र भक्तपुरको सीमाना साँगासम्मका लागि गति निर्धारण गरेको हो ।
प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरि मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उनले जानकारी दिए ।
सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उनले जनाए । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडारगन र एक लेजरगन ल्याएर परीक्षण समेत गरिसकेको बताउदै उनले यो सडक खण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने जानकारी दिए ।
उक्त नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमति पत्र, रुट परमिट रद्ध गर्नेदेखि यातायात संचालन अनुमति पत्र समेत रद्ध गर्न सकिने गरि कारबाही गरिने प्रधानले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा