सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका बाजीराव र मस्तानी ले आफनो विवाहलाई रोयल बनाउनमा कुनै पनि कमी राखेनन् । इटलीको लेक कोमोमा ४० जना आफन्तहरु बिच दीपिका र रणवीर ले सात फेरो लिए । दीपवीर पछिल्लो एक बर्षदेखी आफनो विवाहमा जुटेका थिए । अनिमात्र यो भेन्यू, कपडा, गहना र खानेकुराको डिश तय भएको थियो ।
यो रोयल जोडिले आफनो विवाहमा पानी जसरी पैसा बगाए । दीपवीरको विवाहमा प्रयोग भएको हरेक सामानको रकम लाखौ करौडौमा थियो । खबर अनुसार, विवाहको समय रणवीरले दीपिकालाई २० लाख भारु डिजाइनर मगलसुत्र लगाइदिएका थिए ।
खबर अनुसार, पुरै गहनाको मुल्य १ करोड भारु भन्दा बढि थियो । रणवीरले दीपिकालाई जुन इंगेजमेन्ट औठि लगाइदिएका थिए त्यसको मुल्य ३ करोड भारु बताइएको छ ।
यता दीपिकाले लगाएको रातो चुनरिया धेरै चर्चामा रहयो । चुनरमा सुनको ताराले सौभाग्यवती भव लेखिएको थियो । यो चुनर दीपिकाले आफनो रीति–रिवाजसँग भएको विवाहको समय ओढेकी थिइन भने उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको लेहेङगा लगाएकी थिइन ।
दीपिकाको पुरै आउटफिटको मुल्य १.५ करोड भारु थियो । रिपोर्ट अनुसार, विवाहको दौरान रणवीर–दीपिकाको अलावा ईष्टमित्रहरु लेक कोमोमा ब्लेविओ गाउँको एक लग्जरी रिसोर्टमा बसेका थिए । जहाँको एउटा कोठाको मुल्य ४०० युरो यानी करीब ३३,००० भारु प्रतिदिन पर्दछ । दीपिका र रणवीरले सबै ७५ वटै कोठाहरु बुक गरेका थिए यसकारण उनले हरेक दिनको २४,७५,००० भारु रिसोर्ट मै खर्च गरेका थिए । हप्ताभरीको लागी उनले करीब १ करोड ७३ लाख २५ हजार भारु खर्च गरे ।
रणवीरले जन्ती लानको लागी इटलीमा रोयल भिन्टेज डुङ्गा लिएका थिए । यो रोयल भिन्टेज डुङ्गाको लागी मात्र रणवीरले ४ करोड भारु खर्च गरे । यो ति खर्चहरु हुन जुनको बारेमा मिडियामा जानकारी आयो । यस वाहेक विवाहमा आउने–जाने खर्च, दुई अलग रितिरिवाजमा भएको विवाहको खर्च, भब्य सजावट, खानपान सहित अरु पनि कैयौ आयोजना भयो, जसमा दुबैले दिलखोलेर खर्च गरे त्यसको कुनै पनि हिसाव छैन ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा