सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ७। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरिन् ।
सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा