सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र २५ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीशमा मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरीएको हो ।
राष्ट्रपतिबाट नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
समारोहमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायपरिषदका सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
कामु प्रधानन्यायाधीश मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। प्रधानन्यायाधीश मिश्रले आजै पदबहाली गर्दैछन्।
तस्विर : राष्ट्रपति कार्यालय
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा