सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगानिस्तान। अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार सशस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका छन् ।
विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरिएको प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई बताए ।
उनले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहनु भएन । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् ।
प्रहरी प्रवक्ता सिजाले भने, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
अपहरित विदेशी सहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उनले बताए ।
तालिवान समूहले उक्त घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा