सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोयटर्स, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार आप्रवासी चराबाट अमेरिकाबाहेक अन्य देशका गाईमा एच५एन१ बर्डफ्लु भाइरस फैलिने खतरा रहेको जनाएको छ ।
“आप्रवासी चराहरूबाट विश्वभर फैलिएको भाइरसले अन्य देशहरूमा पनि गाईमा सङ्क्रमण हुने खतरा पक्कै छ,” डब्लूएचओको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने।
स्वास्थ्य जोखिम कम गर्न काम जारी
उनले विश्व स्वास्थ्य सङ्गठनले भाइरसबाट उत्पन्न हुने सबै स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गरिरहेको दोहोर्याए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा