सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिङ्टन । इराकले समान लिङ्ग सम्बन्धलाई आपराधिक बनाउने विधेयक पारित गरेको छ। इराकी संसदमा शनिबार समलिङ्गी सम्बन्धसम्बन्धी कानुन पारित भएको छ । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मानेको छ ।
यससँगै कानून अनुसार समलिङ्गी सम्बन्ध राख्नेलाई १५ वर्षको सजायको पनि घोषणा गरिएको छ । इराकको संसदले धार्मिक मूल्य मान्यताका आधारमा यो कानुन पारित गरेको हो । इराकको संसदले पनि वेश्यावृत्ति विरुद्ध कडा कारबाही गरेको छ ।
अमेरिकाद्धारा चिन्ता व्यक्त
LGBT समुदाय र पश्चिमी देशहरूले इराकको यो कानूनको कडा आलोचना गरेका छन्। इराकको यो निर्णयप्रति अमेरिका र युरोपेली संघले पनि आपत्ति जनाएका छन् । इराकमा समलैंगिकतालाई बढावा दिनेलाई पनि सजाय दिइनेछ ।
अमेरिकी विदेश मन्त्रालयले यो निर्णयप्रति अमेरिका चिन्तित रहेको बताएको छ । यो परिवर्तन संवैधानिक रूपमा संरक्षित मानव अधिकार र मौलिक स्वतन्त्रताहरूको लागि खतरा हो।
“इराकले प्रभावकारी रूपमा LGBTI समुदायका सदस्यहरू विरुद्धको भेदभाव र हिंसाको कानूनमा संहिताबद्ध गरेको छ,” एम्नेस्टी इन्टरनेशनलका इराक अनुसन्धानकर्ता राजभ सालिहीले भने। ह्युमन राइट्स वाचकी सदस्य सारा साम्बरले पनि इराकको यो निर्णयप्रति चिन्ता व्यक्त गरेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा