सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंगलादेशकी प्रधानमन्त्रि शेख हसीनाले ढाकाको चिनसँगको बढ्दो सम्बन्धलाई लिएर भारतलाई चिन्ता नगर्न आग्रह गरेकी छिन् । हसीनाले आफनो आधिकारीक आवासमा भारतीय पत्रकारको एक प्रतिनिधिमण्डल सँगको कुराकानीका दौरान भारतलाई उक्त सुझाव दिएकी हुन् ।
उनले भनेकी छिन कि भारतले हाम्रो यि विषयमा कुनै चिन्ता लिनु जरुरी छैन । ‘बेइजिङसँगको हाम्रो सम्वन्ध भनेको उनीहरुको सहयोग हाम्रो देशको विकासको लागी हुने छ’, उनले भनिन् ।
हसीनाले अगाडी भनेकी छिन ‘हाम्रो सरकार केवल विकास नै मतलब राख्दछ र हामी आफनो देश विकासमा मद्यत गर्ने हरेक देशसँग राम्रो सम्वन्धको लागी तयार छौ ‘।
उनले अगाडी भनेकी छिन् “हामी देशको लागी विकास, लगानी र सहयोग चाहन्छौ, चाहे जसले यो प्रस्ताव गरोस, हामीहरुले हाम्रो आफनो देशका नागरीकहरुको बारेमा सोच्नु पर्दछ किनभने उनीहरु नै विकासका लाभग्राही हुन्” ।
भारत, चीन, जापान लगाएत पश्चिम एशियाका देशहरुले पनि बंगलादेशको सहयोगको लागी हात बढाइरहेका छन् । हसीनाले म्यानमारबाट आएका लाखौ रौहिग्य मुसलमानहरुलाई उनकै देशमा फिर्ता गर्नको लागी भारतसँग सहयोगको अपिल पनि गरेकी छिन् । तिन दिवसीय बंगलादेश–भारत मिडिया संवादमा भाग लिनका लागी कोलकत्ता तथा नयाँ दिल्लिका पत्रकारहरु हाल बंगलादेशमा रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा