माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ लगभग जितको नजिक
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २५, सोमबार (७ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
१२४ पटक पढिएको
चितवन, मंसिर २५ । चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग जितको नजिक पुग्नुभएको छ ।
ताजा मतअनुसार १५ हजार ८ सय ४० मतगणना हुँन बाँकि रहेको चितवन ३ मा प्रचण्ड १० हजार ७ सय ४५ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मतअनुसार प्रचण्डको ४१ हजार ५ सय ७४ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३० हजार ८ सय २९ मत रहेको छ ।
सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डेसँग प्रचण्डले मतगणनाको तेस्रो दिन आइपुग्दा मतान्तर निरन्तर रुपमा बढाउँदै लानुभएको छ । राप्रपाका पाण्डेले जित्नका लागि अब गणना हुँन बाँकि १५ हजार मतमध्ये लगभग १३ हजार मत ल्याउनु पर्ने देखिएको छ ।
पाण्डेको दोस्रो संविधानसभा चुनावमा विजयी भएको क्षेत्र माडीको मतगणना सकिएकाले पाण्डेले अब १३ हजार मत ल्याएर प्रचण्डलाई हराउन कठिन रहेको बताइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा