सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेकपा एमालेले प्रदेश सभा अन्र्तगत भएको निवार्चनमा अहिले सम्मको मत परिणाम अनुसार १०० स्थानमा विजय हासिल गरेको छ भने करिब ४५ स्थानमा अग्रता कायम गरेको छ। त्यसैगरि माओबादी केन्द्रले प्रदेश सभामा ४६ स्थानमा सफलतो हासिल गरेको छ भने अझै २१ स्थानमा अग्रता लिइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले प्रतिनिधी सभा अन्तर्गत ६२ स्थानमा जित हासिल गरि सकेको छ भने करिब १९ स्थानमा अग्रता कायम गरिरहेको छ। त्यसैगरि माओबादी केन्द्रले पनि प्रतिनिधी सभा सदस्यमा २४ स्थानमा जित हासिल गरेको छ भने करिब ११ स्थानमा अग्रता लिएको छ।
यसका साथै नेपाली कांग्रेसले प्रतिनिधी सभा सदस्यमा १३ स्थानमा जित हासिल गरिसकेका छ भने करिब ७ स्थानमा अग्रता लिइरहेको छ। त्यसैगरि प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले २६ स्थानमा विजय हासिल गरेको छ भने २१ स्थानमा अग्रता लिइरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा