सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २४ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवार रेशम चौधरी फराकिलो मतान्तरका साथ अघि बढीरहेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले ६ हजार ६ सय ७४ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले १ हजार ६ सय त्रिपन्न र कांग्रेसकी ईश्वरी न्यौपानेले १२ सय मत पाएका छन् ।
चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन् ।
आफ्ना समर्थक मार्फत् सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत् चुनावी प्रचार प्रसार गरेका थिए । भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी सहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक हत्याको मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेट सुचीमा राखेको चौधरी हालसम्म फरार रहेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा