सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, मंसिर २३ । मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेका छन् ।
कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।
दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ ।
मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा