सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक १९ । फ्रान्सेली लिग वन अन्तर्गत पिएसजीले एन्जर्सलाई ५–० को हराएको छ । शनिबार भएको खेलमा स्टार फरवार्ड नेयमार विना मैदानमा उत्रिएको पिएसजीले फराकीलो जित निकालेको हो ।
पहिलो हाफमै ३–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा दुई गोल थप्यो । पिएसजी लागि किलियन एमबाप्पे र एडिन्सन कभानीले २–२ गोल गरे भने जुलियन ड्रयाक्स्लरले एक गोल गरे ।
खेलको पाँचौ मिनेटमै किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै १४ औं मिनेटमा जुलियन ड्राक्सलरले पिएसजीका लागि दोस्रो गोल गरेका थिए।
काभानीले खेलको ३० औँ र ६० औँ मिनेटमा २ गोल गरे । एम्बाप्पेले खेलको ८४ औँ मिनेटमा पिएसजीको लागी अन्तिम गोल गर्दे पिएसजी लाई ५–० को फराकिलो गोल अन्तरले जिताए।
जितसँगै १२ खेलबाट ३२ अंक सहित पिएसजी पहिलो स्थानमा छ त्यस्तै हार ब्यहोरेको एन्जर्स १३ अंकसहित १४ औ स्थानमा धकेलिएको छ । मोनाको १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ भने सोही खेलबाट नेन्ट्स २३ अंकसहित तेस्रो स्थानमा छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा