सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रियाद, बीबीसी, कात्तिक १९ । भ्रष्टाचारको आरोपमा साउदी अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला भ्रष्टाचार भएको अनुमान गरिएको छ ।
साउदी अरबमा नयाँ भ्रष्टाचार नियन्त्रण समिति गठन भएको चार घण्टाभित्रै उनीहरुलाई पक्राउ गरिएको हो । सो समितिका अध्यक्ष साउदी अरवका युवराज मोहमद बिन सलमान रहेको बताइएको छ ।
समितिलाई पक्राउ आदेश जारी गर्ने र यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको छ ।
यसैबीच साउदी अरेबियाका राजा सलमानले नेसनल गार्ड मन्त्री प्रिन्स मितेव बिन अब्दुल्लाह र सेनाका कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिनलाई बर्खास्त गरेका छन् । उनीहरुलाई बर्खास्त गर्नुको कारण खुलाइएको छैन । (एजेन्सी)
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा