सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ , कात्तिक ९। प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव प्रचारका लागि वाम गठबन्धनमा आबद्ध दलहरुले मोरङमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । बिराटनगरमा बसेको बाम गठबन्धनको संयुक्त बैठकले एमाले अध्यक्ष बिनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको हो । समितिमा माओवादीका मोरङ इञ्चार्ज कुशल लिम्बु, संयोजक गोपी अछामी र सहसंयोजक गणेश उप्रेती छन् ।
त्यसैगरी, एमाले नेता एवं जिसस मोरङ सभापति नरेश पोखरेल, जिल्ला सदस्य बाबुराम कार्की र उपाध्यक्ष रामलाल शाह लगायत पनि समितिमा छन् । निर्वाचन परिचालन समितिको बैठकले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय एमाले जिल्ला पार्टी कार्यालय बिराटनगरस्थित पाञ्चालीमा खडा गरेको छ । त्यसैगरी, सबै निर्वाचन क्षेत्रहरुका साथै वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समितिहरु निर्माण गर्ने गठबन्धनले निर्णय गरेको छ ।
माओवादी संयोजक गोपी अछामीका अनुसार १५ कात्तिकभित्र सबै निर्वाचन क्षेत्र र वडा तहसम्म संयुक्त समितिहरु निर्माण भइसक्ने छन् । त्यसपछि, सबैखाले चुनावी प्रचारप्रसारका कार्यक्रम, सभा, र्याली र घरदैलो कार्यक्रम संयुक्त रुपमा हुनेछन् । मोरङमा संघमा ६ र प्रदेशमा १२ सिट छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा