• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २७, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

      संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

      सरकार र प्रहरीलाई झाँक्रीको अपिलः खगेन्द्रको हिंसामा परेका आमा बच्चाको ज्यान खतरामा छ, प्लिज तत्काल रेस्क्यु होस

      सांसद खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण

      चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड

      सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

      स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

      विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

      ‘सारथी’ को प्रोमो सार्वजनिक

      उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

      सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

      कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

      उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

      लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन

      दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 

    होमपेज /  समाचार

    सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २७, मंगलबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो ।

    छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ ।

    मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो सामग्री र उनीमाथि उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    सञ्चारमाध्यममार्फत महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयहरू बाहिर आएको भन्दै पार्टीले यस विषयलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ । विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादा उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’को नीति रहेको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’

    यसका साथै रास्वपाले सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । सरकारी अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाइएको छ ।

    ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको स्मरण गराउँदै महामन्त्री आचार्यले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने बताएका छन् । कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जो–कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै नहुने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

    संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

    सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

    स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    ‘सारथी’ को प्रोमो सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत

    सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

    संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

    सरकार र प्रहरीलाई झाँक्रीको अपिलः खगेन्द्रको हिंसामा परेका…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न,…

    गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    आर्थिक

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑