सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६८, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २८, लेन क्रसमा ६, अवस्था ठिक नभएको २०, एकतर्फीमा १२ र अन्यमा ३४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा