• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

      ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

      धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री 

      बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

      दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

      शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

      ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

      धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री

      मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

      आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले सच्याइएको छ : अर्थमन्त्री

      विराटनगरको एकीकृत बस्ती विपन्नका लागि ऋणको पासो बनेको आरोप

      ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

      रचनात्मक अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धिउद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य 

      भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही

      कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनस्र्थापना हो : डा.महत

    होमपेज /  समाचार

    आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले सच्याइएको छ : अर्थमन्त्री

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २८, बिहिबार (१0 घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३३ पटक पढिएको
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका केही त्रुटिहरू विधिसम्मत तरिकाले सच्याइएको स्पष्टिकरण दिएका छन् । उनले ती त्रुटिहरू कर्मचारी तहबाट भएका मानवीय कमजोरी भएको र त्यसको जिम्मेवारी आफूले लिने बताए ।

    बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले बजेट निर्माण प्रक्रिया अत्यन्तै संवेदनशील र समयको चापमा हुने भएकाले सामान्य त्रुटिहरू हुन सक्ने उल्लेख गरे ।

    उनले भने,‘बजेट वक्तव्यमार्फत आय–व्ययको अनुमान प्रस्तुत गरेपछि अर्थ विधेयक संसदमा टेबल गरिएको थियो र त्यसपछि केही प्रक्रियागत कामहरू हतारमा भएकाले त्रुटि भएको देखिएको हो ।’

    उनका अनुसार कर्मचारीहरू लामो समयसम्म काममा खटिएको र अन्तिम चरणमा दबाबका बीच काम गर्दा केही अस्पष्टता तथा प्राविधिक त्रुटिहरू भएको थियो । पछि ती त्रुटिहरू पहिचान भएपछि सम्बन्धित कर्मचारीहरूले सच्याउन आग्रह गरेका थिए र सोहीअनुसार विधिसम्मत रूपमा संशोधन गरिएको उनले बताए ।

    मन्त्री वाग्लेले अघिल्ला वर्षहरूमा पनि यस्ता संशोधन हुने गरेको उदाहरण दिँदै यस वर्ष पनि आवश्यक संशोधन गरिएको स्पष्ट पारे । उनले कर तथा शुल्कसम्बन्धी केही प्रावधानहरूमा अस्पष्टता देखिएको र केही स्थानमा छुटेका विषयहरू समावेश गरिएको बताए ।

    विशेषगरी भन्सार दरसम्बन्धी विषयमा स्वास्थ्य सामग्री जस्तै रगत र भ्याक्सिन बोक्ने क्यारिअरलाई पहिले सामान्य वस्तु सरह वर्गीकृत गरिएको भए पनि त्यसलाई मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले छुट्टै वर्गमा राखी भन्सार दर घटाइएको उनले बताए । उनले यसलाई ‘देशद्रोह वा राजद्रोह’ जस्ता अतिरञ्जित रूपमा व्याख्या नगर्न आग्रह पनि गरे ।

     

    त्यस्तै, विद्युतीय सवारीसाधन सम्बन्धी शुल्कमा पनि प्राविधिक त्रुटि भएको उल्लेख गर्दै ५० लाख रुपैयाँसम्मका सवारीसाधनलाई लक्षित गरी सडक विकास शुल्क समायोजन गरिएको जानकारी दिए । उनका अनुसार नीति बनाउँदा ईभीलाई प्रोत्साहन गर्ने उद्देश्य भए पनि दस्तावेजीकरण क्रममा केही कुरा छुटेको थियो, जसलाई पछि सच्याइएको हो ।

    अर्थमन्त्री वाग्लेले सबै परिवर्तनहरू कानुनी प्रक्रिया अनुसार संसद सचिवालयलाई जानकारी दिएर गरिएको भन्दै यसलाई गलत रूपमा प्रचार गरिएकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘मैले टाइप गरेर गल्ती गरेको होइन, तर मन्त्रीको हैसियतले जिम्मेवारी लिनुपर्छ, त्यसैले मैले स्वामित्व लिएको हुँ ।’

    उनले केही समूहहरूले यस विषयलाई अतिरञ्जित बनाएर सरकार र आफ्नो छविमा आँच पु¥याउने प्रयास गरेको आरोप पनि लगाए । साथै, आर्थिक विधेयकमा गरिएको संशोधन सामान्य प्रशासनिक प्रक्रिया अन्तर्गत भएको भन्दै यसलाई ठूलो विवाद बनाउनु आवश्यक नभएको स्पष्ट पारे ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

    दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

    शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

    धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री

    मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न…

    धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री 

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑